BIZMANDU
www.bizmandu.com

चितवनमा सार्वजनिक हुँदैछ चाङ्गान नेभो क्यू०५, विश्वभर १ लाख २५ हजार युनिट बढी बिक्री

२०८३ भदौ २६

चितवनमा सार्वजनिक हुँदैछ चाङ्गान नेभो क्यू०५, विश्वभर १ लाख २५ हजार युनिट बढी बिक्री
चितवनमा सार्वजनिक हुँदैछ चाङ्गान नेभो क्यू०५, विश्वभर १ लाख २५ हजार युनिट बढी बिक्री


काठमाडौं । चितवन क्षेत्रका लागि एनएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा. लि. ले नयाँ नेभो क्यू०५ लाई आगामी साता चितवनमा सार्वजनिक गर्ने तयारी गरेको छ।

Vigo
GBIME
Tata

सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म डिपल चितवन शोरुममा यसको टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ। नेभो क्यू०५ अल्ट्राको विशेष मूल्य रु. ५१.९९ लाख निर्धारण गरिएको छ।

चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन पोर्टफोलियोअन्तर्गत, नेपालमा डिपलले स्टाइलिस तथा अत्याधुनिक प्रविधियुक्त प्रिमियम इभीको प्रतिनिधित्व गर्दै आएको कम्पनीको भनाइ छ। यसै पोर्टफोलियोलाई थप विस्तार गर्दै नेभो क्यू०५ ले नेपालमा विद्युतीय एसयूभी अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको जनाइएको छ।

आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि चीनको नम्बर १ एसयूभीका रूपमा स्थापित क्यू०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास एभोब’ अनुभव प्रदान गर्ने लक्ष्यसहित अत्याधुनिक इभी प्रविधि, आकर्षक डिजाइन तथा स्मार्ट मोबिलिटीलाई एकैसाथ प्रस्तुत गरेको जनाइएको छ।

यो नयाँ गाडीले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्ने भनिएको छ। यसको २,७३५ मिमि ह्वीलबेसले यात्रुहरूका लागि पर्याप्त स्पेस उपलब्ध गराउँछ, विशेषगरी पछाडिका यात्रुहरूका लागि यो राम्रो हुने जनाइएको छ। पछाडिका सिटहरूलाई आवश्यकता अनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम प्राप्त हुन्छ भने ५४० लिटरको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्ने भनिएको छ।

क्यू०५ को अर्को प्रमुख विशेषता यसको आकर्षक डिजाइन रहेको कम्पनीको भनाइ छ। यो गाडी ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू सम्मिलित चाङ्गानको ग्लोबल डिजाइन नेटवर्कमार्फत विकास गरिएको हो। यस डिजाइन टोलीको नेतृत्व चाङ्गानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट तथा पूर्व भोल्क्सवागन ग्रुप डिजाइन प्रमुख काउलस जाइकोरियाले गरेका छन्।

नयाँ गाडीमा सफा तथा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर र फराकिलो तथा आत्मविश्वासी रोड प्रेजेन्स देख्न सकिन्छ। यसको डिजाइनले अन्तर्राष्ट्रिय स्तरमा समेत ‘गोल्डेन ए डिजाइन अवार्ड’ प्राप्त गरेको जनाइएको छ।

नेभो क्यू०५ मा ५१.९ किलोवाट सीएटिएल लिथिएम आइरन फोस्फेट ब्याट्री जडान गरिएको छ। यसलाई चाङ्गानको गोल्डेन सिल्ड २.० ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ। यसले ३सी फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ किलोवाट डीसी चार्जिङ क्षमता प्रदान गर्न सक्ने जनाइएको छ।

यो गाडीले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो सफलता हासिल गरिरहेको भनिएको छ। चाङ्गान नेभोका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म क्यू०५ को कुल बिक्री १,२५,००० युनिटभन्दा बढी पुगेको छ। साथै, यसले चीनमा लगातार चार महिनासम्म कम्प्याक्ट एसयूभी बिक्रीमा अग्रणी स्थान हासिल गरेको कम्पनीको भनाइ छ।

चाङ्गान नेभो चाङ्गानको नयाँ ऊर्जा सवारी साधनअन्तर्गतको प्रमुख ब्रान्ड हो। क्यू०५ शहरी जीवनशैलीलाई लक्षित गरी तयार गरिएको प्रिमियम इलेक्ट्रिक एसयूभी हो। यसले गुणस्तरीय जीवनशैली र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ।

नेभो क्यू०५ अल्ट्राको विशेष मूल्य ५१.९९ लाख रुपैयाँ निर्धारण गरिएको छ। क्यू०५ मा सीएटीएल गोल्डेन सिल्ड २.० ब्याट्री रहेको छ। यसले ३०% देखि ८०% सम्म चार्ज हुन केवल १५ मिनेट समय लिने भनिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा अवार्ड प्राप्त यसको डिजाइनले चीनमा आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि नम्बर १ एसयूभीको स्थान कायम गरेको छ।

१२० किलोवाटको इलेक्ट्रिक मोटरबाट संचालित नेभो क्यू०५ ले एनइडीसी परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ भने यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट प्रतिमिटर मात्र रहेको जनाइएको छ।