BIZMANDU
www.bizmandu.com

एनभीएलको फाइनल खेल्ने दोस्रो टोली आज लाग्नेछ टुंगो, कर्णाली र काठमाडौंमा कुन बलियो?

२०८३ भदौ २६

एनभीएलको फाइनल खेल्ने दोस्रो टोली आज लाग्नेछ टुंगो, कर्णाली र काठमाडौंमा कुन बलियो?
एनभीएलको फाइनल खेल्ने दोस्रो टोली आज लाग्नेछ टुंगो, कर्णाली र काठमाडौंमा कुन बलियो?


काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल)मा फाइनल खेल्ने दोस्रो टोलीको टुंगो शुक्रबार लाग्दैछ। लिग चरणको खेल सकिँदा शीर्ष स्थानमा रहँदै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा पुगिसक्दा दोस्रो टोलीको टुंगो शुक्रबार हुने प्लेअफ खेलले लगाउनेछ।

Vigo
GBIME
Tata

लिग तालिकामा दोस्रो र तेस्रो स्थानमा रहेका कर्णाली शिवराज र काठमाडौं रेड्स साँझ ६ बजे प्लेअफमा भिड्नेछन्।

कर्णाली पाँच खेल खेल्दा एउटामात्रै हार ब्यहोरेर ११ अंकसहित दोस्रो स्थानमा थियो। अर्कातर्फ काठमाडौं समान नतिजाबाट १० अंक बनाउँदै तेस्रो स्थानमा रह्यो।

कर्णालीले पहिलो खेलमा अन्नपूर्णलाई ३-१ ले हराउँदा, दोस्रो खेलमा खप्तडलाई सोझो सेटमा हराएको थियो। त्यस्तै तेस्रो खेलमा सगरमाथालाई ३-२ को सेटमा हराउँदा, चौथो खेलमा काठमाडौंसँग ३-१ को सेटमा पराजित भयो। पाँचौं खेलमा मधेशलाई ३-१ को सेटमा हराएको थियो।

अर्कातर्फ काठमाडौं पहिलो खेलमा मधेशलाई ३-२ को सेटमा हराउँदा दोस्रो खेलमा अन्नपूर्णसँग सोझो सेटमा पराजित भएको थियो। त्यस्तै, तेस्रो खेलमा सगरमाथालाई ३-१ को सेटमा हराएको काठमाडौंले चौथो खेलमा कर्णालीलाई ३-१ को सेटमा तथा र पाँचौं खेलमा खप्तडलाई ३-२ को सेटमा हराएको थियो।  

नेपाल भलिबल लिगको विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ। प्रतियोगिताको फाइनल शनिबार हुनेछ।