BIZMANDU
www.bizmandu.com

इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन नेकपाको माग, ‘बन्द हुँदा ठेक्का प्रक्रिया ठप्प भयो’

२०८३ भदौ २६

इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन नेकपाको माग, ‘बन्द हुँदा ठेक्का प्रक्रिया ठप्प भयो’
युवराज दुलाल


काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली (इ-जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

Vigo
GBIME
Tata

उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा २०७० देखि सञ्चालनमा रहेको इ-जीपी प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद तथा ठेक्का प्रक्रिया प्रभावित भएको भन्दै तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानार्कषण गराएका हुन्।

‘भदौ, असोज, कात्तिकलगायत महिनामा सरकारका सार्वजनिक खरिदका ठेक्का लगाउनुपर्ने समय हो। तीन तहका सरकारअन्तर्गतका सयौं सार्वजनिक खरिद प्रक्रिया अहिले ठप्प भएको छ,’ दुलालले भने। उनले इ-जीपी प्रणाली ह्याक भएको भनिएको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत माग गरे।