BIZMANDU
www.bizmandu.com

केएफसी नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ३१ लाख रुपैयाँ

२०८३ भदौ २६

केएफसी नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ३१ लाख रुपैयाँ
केएफसी नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ३१ लाख रुपैयाँ

काठमाडौं। बाढी प्रभावित परिवारको राहत र पुनर्निर्माणका लागि केएफसी नेपालले ३१ लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले देवयानी इन्टरनेसनल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ जम्मा गरेको हो। देवयानी इन्टरनेसनल नेपालमा केएफसीको सञ्चालक कम्पनी हो।

यो सहयोग उद्धार, आपत्कालीन राहत र पुनर्निर्माणका काममा उपयोग हुने कम्पनीले जनाएको छ। विशेषगरी रसुवा र नुवाकोटका प्रभावित परिवारलाई पुनः आफ्नो घर, जीवन र जीविकोपार्जनमा फर्किन सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

सहयोगमा केएफसी नेपालका सबै आउटलेट सहभागी भएका छन्। नेपालभर रहेका ३१ वटा केएफसी आउटलेटले प्रति आउटलेट १ लाख रुपैयाँका दरले योगदान गरेका हुन्।

विपद्का बेला समुदायसँग उभिनुपर्ने आफ्नो सामाजिक दायित्वप्रति कम्पनी प्रतिबद्ध रहेको केएफसी नेपालले जनाएको छ।