BIZMANDU
www.bizmandu.com

४ महिनापछि पर्यटन बोर्डको सीइओ छनोट प्रक्रिया अगाडी बढ्यो, आवेदन शुल्क १५ हजार

२०८३ भदौ २६

४ महिनापछि पर्यटन बोर्डको सीइओ छनोट प्रक्रिया अगाडी बढ्यो, आवेदन शुल्क १५ हजार
४ महिनापछि पर्यटन बोर्डको सीइओ छनोट प्रक्रिया अगाडी बढ्यो, आवेदन शुल्क १५ हजार


काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि आवेदन आह्वान गरिएको छ।

Vigo
GBIME
Tata

गत बैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धि विशेष व्यवस्था अध्यादेश’ जारि गरेपछि तत्कालिन सिइओ दिपकराज जोसी बर्खास्तीमा परेका थिए। त्यसयता कार्यबाहक सिइओको भरमा बोर्ड चलाइरहेको थियो।

बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई १० दिनभित्र आवेदन दिन आग्रह गरेको हो।

मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातकोत्तर हासिल गरि पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको तथा प्रचलित कानूनबमोजिम अयोग्य नभएको नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।

योग्यता प्रमाण पत्रका साथै बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि रणनीतिक कार्ययोजना, उल्लेख्य उपलब्धिको प्रतिवेदन र तोकिएको स्वघोषणा पत्र पेश गर्नुपर्नेछ। आवेदन शुल्क १५ हजार रुपैयाँ रहेको छ।