BIZMANDU
www.bizmandu.com

ओरालो लाग्यो सुनचाँदीको मूल्य : सुन तोलामा ४ हजार ८०० सस्तियो, कतिमा हुँदैछ कारोबार?

२०८३ भदौ २६

ओरालो लाग्यो सुनचाँदीको मूल्य : सुन तोलामा ४ हजार ८०० सस्तियो, कतिमा हुँदैछ कारोबार?
ओरालो लाग्यो सुनचाँदीको मूल्य : सुन तोलामा ४ हजार ८०० सस्तियो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। सुनको मूल्य ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन तोलामा ३ हजार ४ सय रुपैयाँ बढेर प्रति तोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला ३ लाख २ हजार ४ सय रुपैयाँ थियो।

चाँदीको मूल्य शुक्रबार तोलामा २ सय ५५ रुपैयाँले घटेर प्रति तोला ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ८५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४३३३.९३ डलरमा झरेको छ। चौँदी प्रति औंस ६३.६६ डलर छ। बिहीबार सुन प्रति औंस ४४२८.०६ डलर र चाँदी प्रति औंस ६७.८३ डलर थियो।