BIZMANDU
www.bizmandu.com

अर्थतन्त्र सुधारबारे खुला छलफल गरौं, उद्याेगीलाई दाेषाराेपण गरेर प्राेत्साहन हुँदैन : अन्जन श्रेष्ठ

२०८३ भदौ २६

अर्थतन्त्र सुधारबारे खुला छलफल गरौं, उद्याेगीलाई दाेषाराेपण गरेर प्राेत्साहन हुँदैन : अन्जन श्रेष्ठ
अर्थतन्त्र सुधारबारे खुला छलफल गरौं, उद्याेगीलाई दाेषाराेपण गरेर प्राेत्साहन हुँदैन : अन्जन श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले १०० खर्बकाे अर्थतन्त्र र ३ हजार प्रतिव्यक्ति आय पुर्‍याउने सरकारको लक्ष्यमा निजी क्षेत्रकाे साथ रहेको बताएका छन्।

Vigo
GBIME
Tata

आज सेजनको साधारणसभामा उनले सरकारलाई अर्थतन्त्र सुधारमा निजी क्षेत्रको साथ रहने बताएका हुन्।

त्यसक्रममा उनले हाल राेजगारी र उपभाेगकाे लागि निर्भर रहनुपर्ने बाध्यता रहेको बताए। यो अवस्थालाई हटाउँदै अर्थतन्त्र विस्तारकाे लक्ष्य पूरा गर्न सरकारले घनिभूत छलफल गर्नुपर्ने बताए।

‘नेपालले आयात गर्ने कतिपय वस्तुहरू आन्तरिक उत्पादन बढाएर निर्यात प्रतिस्थापन गर्न सकिन्छ। त्यस्ता सम्भाव्य भएका क्षेत्रमा सहुलियत दिएर अगाडि बढ्नुपर्छ। औद्योगिकिकरणलाई नयाँ तरिकाले साेच्नुपर्छ। आयात गर्नेहरूलाई नै यही उत्पादन गर्ने गरि प्राेत्साहित गर्नुपर्छ,’ उनले भने।

उनले अर्थतन्त्र सुधारकाे विषय सरकारले बन्दकाेठामा नभइ खुला रूपमा गर्नुपर्ने बताए।

‘छलफल गर्नुपर्छ। उद्याेगी व्यवसायीलाई गाली र दाेषाराेपण गरेर प्राेत्साहन हुँदैन। सप्लाइ चेनकाे कारणले ल्याएकाे समस्याकाे विषयमा दाेषाराेपण गरेर हुँदैन,’ उनले भने।