काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विरेन्द्रराज पाण्डेले लगानीकाे वातावरण र बजारमा माग बढाउनुपर्ने बताएका छन्।
आज सेजनको साधारणसभामा सम्बोधन गर्दै उनले औद्योगिक विकास र लगानी प्रवर्द्धनमा काम गर्दै आएकाे तर लगानीकाे वातावरण र बजारमा माग बढाउनुपर्ने आवश्यक रहेकाे बताएका हुन्।
‘आर्थिक विकासकाे बाधा अस्थिर नीति र कानुन हाे। कतिपय असान्दर्भिक कानुन खारेज र संशोधन गर्नुपर्ने बेला आएकाे छ। सरकारले पछिल्लो समय खारेज गरेका कानुन स्वागतयोग्य छन्। १०० खर्बकाे अर्थतन्त्रको आकार पुर्याउन सरकार र निजी क्षेत्रकाे सहकार्य आवश्यक छ,’ उनले भने।