BIZMANDU
www.bizmandu.com

बाढीपीडितको उपचारमा चिकित्सक संघ र युएसभी फार्मास्युटिकल्सबीच सहकार्य, साढे एक करोड सहयोग

२०८३ भदौ २६

बाढीपीडितको उपचारमा चिकित्सक संघ र युएसभी फार्मास्युटिकल्सबीच सहकार्य, साढे एक करोड सहयोग
बाढीपीडितको उपचारमा चिकित्सक संघ र युएसभी फार्मास्युटिकल्सबीच सहकार्य, साढे एक करोड सहयोग

काठमाडौं । भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले एक करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

Vigo
GBIME
Tata

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार बाढी प्रभावितका लागि स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक संघले उपलब्ध गराउने र सोही आधारमा युएसभी फार्मास्युटिकल्सले सामग्री खरिद गरी प्रभावित परिवारलाई उपलब्ध प्रदान गर्नेछ।