BIZMANDU
www.bizmandu.com

सचिवबाट अवकाशको साढे ६ महिनापछि लम्साल बने आयोगको अध्यक्ष, सदस्यमा पूर्वसहसचिव

२०८३ भदौ २५

सचिवबाट अवकाशको साढे ६ महिनापछि लम्साल बने आयोगको अध्यक्ष, सदस्यमा पूर्वसहसचिव
सचिवबाट अवकाशको साढे ६ महिनापछि लम्साल बने आयोगको अध्यक्ष, सदस्यमा पूर्वसहसचिव


काठमाडौं। लामो समय शिक्षा प्रशासनमा बिताएर सचिवमा बढुवा भएपछि शिक्षा मन्त्रालय सम्हाल्न नपाइ अवकाश पाएका डा. हरिप्रसाद लम्साल शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्त भएका छन्।

Vigo
GBIME
Tata

लम्साल सचिवबाट अवकाश पाएको साढे ६ महिनापछि आयोगको अध्यक्ष नियुक्त भएका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई आयोगको अध्यक्ष नियुक्त गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। २०८० चैत दोस्रो साता सचिवमा बढुवा भएका लम्सालले गत फागुन १० गते उमेर हदका कारण अवकाश पाएका थिए।

सहसचिव पदमा रहँदासम्म शिक्षा मन्त्रालयभित्रै बिताएका लम्सालले सचिवमा बढुवापछि भने शिक्षा मन्त्रालय प्रवेश गर्न पाएका थिएनन्। लम्साल अवकाश पाउनुअघि निजामती प्रशासनमा इमान्दार कर्मचारी मानिन्थे। उनले आफ्ना तीन छोरीलाई घर नजिकै सानोठिमीस्थित सार्वजनिक विद्यालयमा पढाएका थिए।

सरकारले आयोगको सदस्यमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाललाई नियुक्ति गरेको छ। सापकोटा पूर्वसहसचिव हुन्। रिमाल काठमाडौंको बाफलस्थित ज्ञानोदय माविकी प्रधानाध्यापक हुन्।

आयोगले सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति र बढुवाको सिफारिस गर्दै आएको छ।