BIZMANDU
www.bizmandu.com

नेपाललाई सहयोग गर्न जलवायु कोष सकारात्मक, आगामी बैठकमा २ करोड डलरको प्रस्ताव पेस हुने

२०८३ भदौ २५

नेपाललाई सहयोग गर्न जलवायु कोष सकारात्मक, आगामी बैठकमा २ करोड डलरको प्रस्ताव पेस हुने
नेपाललाई सहयोग गर्न जलवायु कोष सकारात्मक, आगामी बैठकमा २ करोड डलरको प्रस्ताव पेस हुने

काठमाडौं। संयुक्त राष्ट्रसंघको जलवायु हानी नोक्सानी कोषले नेपाललाई सघाउन सकारात्मक रहेको पत्र पठाएको छ।

Vigo
GBIME
Tata

भदौ १० गतेको रसुवा बाढीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पर्यावरणमन्त्री गीता चौधरीले संयुक्तरुपमा कोषलाई पत्र पठाउँदै आपतकालीन सहयोग रकम दिलाउन माग गरेका थिए।

त्यसको जवाफमा कोषले नेपालको पछिल्लो विपद्‌लाई नजिकबाट नियालिरहेको र सहायताका लागि सकारात्मक रहेको बताएको हो। कोषले आगामी बोर्ड बैठक यस सम्बन्धी निर्णय गर्ने जानकारी पनि दिएको छ।

‘कोषले जोखिम सम्बोधन गर्न सकारात्मक रहेको जवाफ दिएको छ। आगामी बोर्ड बैठकमा नेपाललाई उपलब्ध गराउनेमध्ये २० मिलियन डलरको प्रस्ताव पेस हुने सम्भावना पनि छ,’ पर्यावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले भने।

बोर्डको दशौं बैठक आगामी डिसेम्बरमा फिलिपिन्सको मनिलामा बस्ने तय भएको छ।