BIZMANDU
www.bizmandu.com

उद्योग मन्त्री नियुक्तिलाई लिएर लेखिएको समाचार प्रति बिजमाण्डूको क्षमायाचना

२०८३ भदौ २५

उद्योग मन्त्री नियुक्तिलाई लिएर लेखिएको समाचार प्रति बिजमाण्डूको क्षमायाचना
उद्योग मन्त्री नियुक्तिलाई लिएर लेखिएको समाचार प्रति बिजमाण्डूको क्षमायाचना


काठमाडौं। ग्यास आपूर्ति सम्बन्धि विवादास्पद अभिव्यक्ति दिएकी गौरी कुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि रास्वपाबाट गणेश पराजुलीलाई उद्योग मन्त्री बनाउने निर्णय भएको समाचार बिजमाण्डूले प्रकाशित गरेको थियो। तर, स्रोतले जानकारी दिए अनुसार लेखिएको समाचार पुष्टि हुन नसक्दा बिजमाण्डू पाठकहरुप्रति क्षमायाचना माग्दछ।

Vigo
GBIME
Tata

स्रोतले दाबी गरे अनुसार ‘गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र’ भन्ने समाचार तयार गरिएको थियो। तर. यथेस्ट पुष्टि नगरी समाचार राखिएकोमा बिजमाण्डूले पाठक र सम्बन्धित सबैमा फेरि क्षमाप्रार्थी छ।

यही समाचारमार्फत यसअघि प्रकाशित समाचार र हेडलाइन पनि सच्याइएको सबैमा जानकारी गराउँदछौं।

बिजमाण्डू अब फेरि यस्तो घटना दोहोरिन नदिन सजग हुनेछ। समाचारहरु प्रकाशन गर्दा स्रोतको मात्रै भर नपरी त्यसको तथ्य सत्य पुष्टि गरेर मात्रै प्रकाशन गर्ने नीतिमा बिजमाण्डू अडिग रहेको जानकारी गराउँदछौं।