BIZMANDU
www.bizmandu.com

प्रभु बैंकद्वारा बाढी पीडितका लागि राहत सामग्री सहयोग, नुवाकोट प्रशासनलाई हस्तान्तरण

२०८३ भदौ २५

प्रभु बैंकद्वारा बाढी पीडितका लागि राहत सामग्री सहयोग, नुवाकोट प्रशासनलाई हस्तान्तरण
प्रभु बैंकद्वारा बाढी पीडितका लागि राहत सामग्री सहयोग, नुवाकोट प्रशासनलाई हस्तान्तरण

काठमाडौं । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरुको सहयोगका लागि प्रभु बैंक लिमिटेडको तर्फबाट सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्याग राहत सामग्री हस्तान्तरण गरिएको छ।

Vigo
GBIME
Tata

सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरि जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई ती सामानहरु उपलब्ध गराइएको हो।
प्रभु बैक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई ती सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

बैंकको तर्फबाट यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो।