BIZMANDU
www.bizmandu.com

क्र्यास टेस्टमा ५ स्टार पाएको आयोन युटी नेपाल भित्रिँदै, इभीमा छ एलएफपी ‘म्यागजिन ब्याट्री’

२०८३ भदौ २५

क्र्यास टेस्टमा ५ स्टार पाएको आयोन युटी नेपाल भित्रिँदै, इभीमा छ एलएफपी ‘म्यागजिन ब्याट्री’
क्र्यास टेस्टमा ५ स्टार पाएको आयोन युटी नेपाल भित्रिँदै, इभीमा छ एलएफपी ‘म्यागजिन ब्याट्री’


काठमाडौं । नेपालमा आयोनको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो लाइनअपमा नयाँ मोडेल थप्न लागेको छ। कम्पनीले हालसम्म नेपाली बजारमा आयोन वाई र आयोन भी बिक्री गर्दै आएको छ। जसमध्ये आयोन भी ले ग्राहकबाट उल्लेख्य रुचि र माया पाएको छ। अब उही ब्राण्डको नयाँ इलेक्ट्रिक ह्याचब्याक आयोन युटी नेपाल भित्रिँदैछ।

Vigo
GBIME
Tata

आयोन युटी त्यही मोडेल हो, जसले भर्खरै युरोपियन न्यू कार एसेसमेन्ट प्रोग्राम (युरो एनक्याप) को क्र्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ हासिल गरेको छ।

सेप्टेम्बर ३ मा सार्वजनिक भएको रिपोर्ट अनुसार युटीले दुर्घटना सुरक्षामा ९१ प्रतिशत, दुर्घटनापछिको सुरक्षामा ८८ प्रतिशत, दुर्घटना रोकथाममा ७४ प्रतिशत र सुरक्षित ड्राइभिङमा ६६ प्रतिशत अंक प्राप्त गरेको छ। युरोपजस्तो कडा सुरक्षा मापदण्ड भएको बजारमा पाएको यो नतिजाले युटीको गुणस्तर पुष्टि गरेको कम्पनीको भनाइ छ।

आयोन भीकै एईपी ३.० प्लेटफर्ममा बनेको युटी ४,२७० मिलिमिटर लामो, १,८५० मिलिमिटर चौडा र १,५७५ मिलिमिटर अग्लो छ।

२,७५० मिलिमिटरको लामो ह्वीलबेसका कारण ह्याचब्याक आकारमै एसयूभीस्तरको केबिन स्पेस पाइने कम्पनीको दाबी छ। अन्तर्राष्ट्रिय बजारमा यो एलएफपी ‘म्यागजिन ब्याट्री’ सहित उपलब्ध छ भने भेरियन्टअनुसार एकपटकको चार्जमा ३३५ देखि ४३० किलोमिटरसम्म (डब्ल्यूएलटीपी) रेन्ज दिन्छ।

नेपालमा आउने भेरियन्ट, ब्याट्री प्याक, रेन्ज र मूल्यसम्बन्धी विवरण सीजी मोटर्सले चाँडै सार्वजनिक गर्ने जनाएको छ।