BIZMANDU
www.bizmandu.com

नेपालिज सोसाइटी सिंगापुरले बाढी प्रभावितका लागि दियो १७ लाख, दोस्रो चरणमा पनि सहयोग गर्ने

२०८३ भदौ २५

नेपालिज सोसाइटी सिंगापुरले बाढी प्रभावितका लागि दियो १७ लाख, दोस्रो चरणमा पनि सहयोग गर्ने
नेपालिज सोसाइटी सिंगापुरले बाढी प्रभावितका लागि दियो १७ लाख, दोस्रो चरणमा पनि सहयोग गर्ने

काठमाडौं। सिंगापुरमा रहेका नेपालीले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको राहतका लागि पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।

Vigo
GBIME
Tata

नेपालिज सोसाइटी सिंगापुर (एनएसएस)ले आफ्ना सदस्य तथा शुभेच्छुकसँग संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ लाख ११ हजार ५८५ रुपैयाँ सहयोग गरेको हो।

एनएसएसले सहयोग रकम अहिले पनि संकलन भइरहेको भन्दै दोस्रो चरणमा पनि कोषमा जम्मा गर्ने बताएको छ।

एनएसएसका अध्यक्ष इन्द्र गुरुङले बाढी प्रभावितहरुको पुनर्स्थापनाका लागि नेपाललाई लामो समयसम्म सहयोग आवश्यक पर्ने भन्दै अर्थपूर्ण भूमिका निर्वाहका लागि आफूहरु तयार रहेको बताए।