काठमाडौं। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीग्रस्त क्षेत्र नुवाकोट पुगेका छन्। बिहीबार नेताहरु प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउदको साथमा उनी देवीघाट र त्रिशूली क्षेत्रमा पुगेका हुन्।
देउवाले आफू बाढी ग्रस्त क्षेत्रमा सरकारले के कस्तो काम गरिररहेको छ भनेर बुझ्न आएको बताए। ‘सरकारले के गरेको छ भनेर बुझ्न आएको हुँ। अनि आवाज उठाउँछु,’ उनले भने।
देउवाले पुनर्निर्माणको बारेमा सरकारसँग आवाज उठाउने बताए।