अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले वयस्क अमेरिकी नागरिकलाई ५ हजार अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार साढे ७ लाख रुपैयाँभन्दा बढी) दिने प्रतिबद्धता सार्वजनिक गरेका छन्।
नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले दुवै सदनमा विजय हासिल गरेमा प्रत्येक वयस्क अमेरिकी नागरिकलाई ५ हजार अमेरिकी डलर भुक्तानी दिने प्रस्ताव उनले अघि सारेका हुन्। यो योजनालाई ‘ट्रम्प डिभिडेन्ड’ नाम दिइएको छ।
तर, यो रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने सर्त उनले राखेका छन्। यो योजनाको लागि बजेट, वितरण प्रणाली र खर्चको निगरानी बारे भने उनले केही भनेका छैनन्।
डेमोर्क्याटहरुले भने ट्रम्पको वाचालाई ‘खोक्रो आश्वासन’ भनेर आलोचना गरेका छन्।
अमेरिकामा हाल करिब २७ करोड वयस्क नागरिक छन्। यो योजना कार्यान्वयन गर्ने भए अमेरिकी सरकारलाई करिब १.३ ट्रिलियन डलर चाहिने बताइएको छ।
त्यसक्रममा ट्रम्पले इन्धनको उच्च मूल्यबाट राहत पाउन अमेरिकीहरुले अझै केही समय पर्खनुपर्ने बताएका थिए। इरानसँगको युद्धका कारण अल्पकालीन आर्थिक कठिनाइ भोग्नुपरे पनि तेहरानलाई परमाणु हतियार निर्माण गर्नबाट रोक्न यो कदम आवश्यक रहेको उनको तर्क थियो।