BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितलाई टेलिकमको १० करोड नगद, ६ करोडको निःशुल्क कल, डाटा र एसएमएस सुविधा

२०८३ भदौ २५

बाढी प्रभावितलाई टेलिकमको १० करोड नगद, ६ करोडको निःशुल्क कल, डाटा र एसएमएस सुविधा
बाढी प्रभावितलाई टेलिकमको १० करोड नगद, ६ करोडको निःशुल्क कल, डाटा र एसएमएस सुविधा


काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको हो। सहयोग रकमको चेक टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी छन्।

चेक हस्तान्तरणका क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, टेलिकमका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेल, प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसी समेत उपस्थित थिए।

यसअघि टेलिकमका कर्मचारीले २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका थिए। प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढी पश्चात ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको टेलिकमले जनाएको छ।