काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ।
एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा बुधबार सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनालाई सहयोग रकम बैंकमा दाखिला गरेको भौचर हस्तान्तरण गरिएको हो।
रकम हस्तान्तरण कार्यक्रममा एनएफपिजे नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।