BIZMANDU
www.bizmandu.com

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढी प्रभावितलाई तीन करोड ५१ लाख ५१ हजार सहयोग

२०८३ भदौ २४

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढी प्रभावितलाई तीन करोड ५१ लाख ५१ हजार सहयोग
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढी प्रभावितलाई तीन करोड ५१ लाख ५१ हजार सहयोग

काठमाडौं। यशोदा ग्रुप अन्तर्गतको यशोदा फुड्स र श्रीराम टोबाको प्रालिले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि तीन करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग सरकारलाई उपलब्ध गराएको छ।  

Vigo
GBIME
Tata

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड ५१ लाख ५१ हजार रुपैयाँ बराबरको चेक ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।  

बाढी प्रभावितलाई ३० लाख बराबरको करेन्ट चाउचाउ सम्बन्धित निकायमार्फत नागरिकलाई प्रत्यक्षरूपमा वितरण गरेको कम्पनीले जनाएको छ।