काठमाडौं। अग्रवाल सेवा केन्द्रले रसुवाको भोटेकोशी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
केन्द्रका सदस्यहरुको तर्फबाट अध्यक्ष गिरधारी अग्रवालले कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्। अग्रवालले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
भेटमा अग्रवालले युवा मञ्चद्वारा वितरण गरिने १० लाख रुपैयाँको थप राहत सामग्रीबारे पनि मन्त्री वाग्लेलाई जानकारी गराएका थिए।