काठमाडौं। जेनजी शहीद रसिक खतिवडाकी आमा तथा सांसद रचना खतिवडाले प्रधानमन्त्री बालेन्द्र शाहमाथि आक्रोश व्यक्त गरेकी छन्।
बुधवारको प्रतिनिधि सभाको बैठकमा खतिवडाले बालेन शहीद स्मृति कार्यक्रममा नआएको भन्दै विरोध जनाइन। उनले शाह शहीदप्रति उदासिन बनेको आरोप लगाएकी छन्।
‘निमन्त्रणा दिएर आइदिनुस्। केहि न केहि बोलदिनुस् केहि लेखिदिनुस् भनेर विहान देखि भन्दा बेलुकी ७ बजे स्टाटस आयो,’ उनले भनिन्, ‘अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धान्जली। शहीदले न्याय कति वर्षमा पाउँछ सरकार? शहीद र घाइते परिवार भेटन कति वर्ष लाग्छ सरकार।’