काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु चौलागाईंले खाना पकाउने ग्यास उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा चौलागाईंले सत्तारुढ दलको सांसदको रुपमा आफूलाई लाज लागेको बताएका हुन्।
‘हामीलाई ग्यासको हाहाकारका कारणले बजारमा मुख देखाउन नसक्ने अवस्था भएको छ। सरकार के हेरेर बसेको छ?,’ उनले भने।
सरकारको ध्यानाकर्षण गराउँदै उनले मंगलबारको जेनजी शहीद स्मृति कार्यक्रममा विवादास्पद व्यक्तिहलाई सहभागी गराएको बारे पनि प्रश्न गरे।
उनले आन्दोलनको मर्मविपरीत कार्यक्रम गरिएको पनि बताए।
‘जेनजीहरुको मर्म भावना विपरीत विवादास्पद व्यक्ति उपस्थिति गराइयो। त्यस्तो व्यक्ति उपस्थित गराउन कसको भूमिका थियो?,’ उनको प्रश्न थियो।