काठमाडौं। सुनचाँदीको मूल्य बुधबार घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
यसअघि सोमबारका तुलनामा ३ हजार ५ सय रुपैयाँ बढेर मंगलबार कारोबार मूल्य प्रति तोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भएको थियो। सोमबार तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो।
महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा ४० रुपैयाँ घटेर प्रति तोला ४ हजार ७ सय ५० रुपैयाँमा आइपुगेको छ। यसअघि मंगलबार एक सय रुपैयाँले बढेर प्रति तोला ४ हजार ७ सय ९० रुपैयाँ भएको थियो।
सुनचाँदीको मूल्य उतारचढाव भइरहदा बजारमा सुन खरिद गर्ने ग्राहक कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार प्रति औंस ४३८१.४३ डलर छ भने चाँदी प्रति औंस ६६.३ डलरले कारोबार भइरहेको छ। मंगलबार सुन प्रति औंस ४४०६.४७ डलर र चाँदी ६६.६३ डलर थियो।