BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा हुने

२०८३ भदौ २४

आजको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा हुने
आजको मौसम पूर्वानुमान : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा हुने


काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Vigo
GBIME
Tata

हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भू-भाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यसैगरी, बुधबार राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ।

तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।