BIZMANDU
www.bizmandu.com

बाढी प्रभावित रसुवामा डिशहोमले उपलब्ध गरायो निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा

२०८३ भदौ २३

बाढी प्रभावित रसुवामा डिशहोमले उपलब्ध गरायो निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा
बाढी प्रभावित रसुवामा डिशहोमले उपलब्ध गरायो निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा


काठमाडौं। डिश मिडिया नेटवर्क (डिशहोम)ले बाढी प्रभावित रसुवाका विभिन्न स्थानमा नि:शुल्करुपमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको छ।

Vigo
GBIME
Tata

कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिएर युटेलस्याट वनवेबसँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको हो।

प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवामा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार क्षतविक्षत भएका थिए।

सञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्णरूपमा मर्मत तथा पुनर्स्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्ने डिशहोमको प्रतिबद्धता छ।