काठमाडौं । आज जेनजी सहिद स्मृति दिवस। गत वर्ष भदौको २३ र २४ गते भएको आन्दोलनको सम्झनामा देशभर कार्यक्रम गरिँदैछ।
भदौ २३ गते संसद भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा चलेको गोली लागेर धेरैको मृत्यु भएको थियो। भदौ २४ गते आन्दोलन विध्वंशमा परिणत हुँदा तत्कालिन संसद भवनसँगै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका भवनहरु जलाइए।
काठमाडौंमा जलाइएका र तोडफोड भएका धेरै गाडीहरुलाई अहिले बानेश्वरमा ‘डम्प’ गरेर राखिएको छ। त्यस्तै, जलाइएको र तोडफोड गरिएको भवन पनि निर्माण गरिएको छैन।

आज त्यही भवन परिसरमा नै पहिलो जेनजी सहिद स्मृति दिवस मनाइएको छ। विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) संसद भवनको रुपमा प्रयोग हुँदै आएकोमा जेनजी आन्दोलनका क्रममा जलाइएपछि प्रयोग गर्न नमिल्ने अवस्थामा छ। जसकारण संसद बैठक अहिले सिंहदरबारभित्र अस्थायी हलमा हुँदै आएको छ।

















