BIZMANDU
www.bizmandu.com

पाँच वर्षे ‘विकास ऋणपत्र २०८३’ ल्याउँदै सरकार, १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

२०८३ भदौ २३

पाँच वर्षे ‘विकास ऋणपत्र २०८३’ ल्याउँदै सरकार, १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने
पाँच वर्षे ‘विकास ऋणपत्र २०८३’ ल्याउँदै सरकार, १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

काठमाडौं। सरकारले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले बोलकबोलमार्फत १० अर्ब रुपैयाँ उठाउन लागेको हो।

Vigo
GBIME
Tata

५ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८३’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमा सहभागी हुन पाउनेछन्।

उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। २४ भदौमा बोलकबोल पेस गर्ने मिति रहेको ऋणपत्रको निष्कासन मिति भदौ २५ छ।