काठमाडौं। युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई ५ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जी र सञ्चालक रवीन्द्रभक्त श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
बाढी प्रभावित क्षेत्रका नागरिकका लागि कम्पनीले स्वास्थ्य तथा सरसफाइ सामग्री करिब २६ टन उपलब्ध गराएको छ। ती सामग्री करिब १ करोड रुपैयाँ बराबरका भएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक मुखर्जीले विपद्को कठिन समयमा सबै एकजुट भएर बढी प्रभावित समुदायको साथमा उभिनुपर्ने बताए।