BIZMANDU
www.bizmandu.com

एसीसी प्रिमियर कप : बाबर हायतको शतकीय इनिङ्सले नेपालसामू हङकङको चुनौतीपूर्ण लक्ष्य

२०८३ भदौ २३

एसीसी प्रिमियर कप : बाबर हायतको शतकीय इनिङ्सले नेपालसामू हङकङको चुनौतीपूर्ण लक्ष्य
BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council


काठमाडौं। हङकङले नेपालसामू २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। एसीसी प्रिमियर कपको समूह चरणको आफ्नो अन्तिम खेलमा उत्रिएको नेपालले हङकङबाट चुनौतीपूर्ण लक्ष्य पाएको हो।

Vigo
GBIME
Tata

मलेसियाको क्वललाम्पुरस्थित वायुमास ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित ५० ओभरमा २६१ रन बनायो। उसका लागि बाबर हायतले सर्वाधिक अविजित ११७ रन बनाउँदा शाहिद वासिफले ४५ तथा एहसान खानले अविजित ३५ रन बनाए।

बलिङमा नेपालका सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट लिए पनि हङकङलाई रोक्न सकेनन्। ३०.५ ओभरमा १३३-७ को अफ्ठेरो स्थितिमा पुगिसकेको हङकङले सानदार मोमेन्टम बनाउँदै ५० ओभरमा २६१-७ सम्म पुगेको हो।

लगातार तीन जित निकालेको नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ। सेमिफाइनलको होडमा दुई समूहमा १० टोली प्रतिस्पर्धामा छन्। जसमध्ये ४ टोलीले सेमिफाइनल खेल्दा ६ टोली बाहिरिनेछन्।

नेपाल जवाफी ब्याटिङमा उत्रिँदैछ।