काठमाडौं। धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट बुधबारदेखि सञ्चालनमा आउने भएको छ। ग्राहकका लागि किनमेल खुला गर्न तयारी लगभग पुरा भएको व्यवस्थापनले जनाएको छ।
‘पुतलीलाइन, धरानस्थित भाटभटेनी सुपरस्टोर भोलि भदौ २४ गते बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ,’ भाटभटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भनेका छन्।
खुला गरिएसँगै उक्त स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन्। ‘ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ,’ व्यवस्थापनले भनेको छ।
गत वर्ष भदौ २४ मा जेनजी आन्दोलन ध्वंसात्मक हुँदा आगजनी, तोडफोड र लुटापटको सिकार हुनेमा धरानको भाटभटेनी पनि परेको थियो। घटनापछि उक्त सुपरस्टोर बन्द थियो। देशका विभिन्न स्थानका आउटलेट पुनर्निर्माण गर्ने क्रमसँगै धरानको आउटलेट पनि पुनः सञ्चालनमा आउन लागेको हो।