काठमाडौं । भदौ १० मा आएको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नाइमाले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।
सोमबार नाइमाका पदाधिकारीहरुले टोलीले अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो।
नाइमामाले यो मानवीय पहलमा साथ, सहयोग र सहकार्य प्रदान गर्ने सबै सदस्य कम्पनीहरूप्रति आभार व्यक्त गरेको छ। साथै, विपद्को बेला प्रभावित समुदाय तथा राष्ट्रको साथमा सदैव उभिने प्रतिबद्धता व्यक्त गरेको छ।