BIZMANDU
www.bizmandu.com

सरकारले सेयर बजार सुधारको योजना ल्याउने भएपछि लगानीकर्ता उत्साही, नेप्से १८.०७ अंकले उकालो

२०८३ भदौ २२

सरकारले सेयर बजार सुधारको योजना ल्याउने भएपछि लगानीकर्ता उत्साही, नेप्से १८.०७ अंकले उकालो
सरकारले सेयर बजार सुधारको योजना ल्याउने भएपछि लगानीकर्ता उत्साही, नेप्से १८.०७ अंकले उकालो

काठमाडौं। सरकारले सेयर बजारमा सुधारको प्याकेज ल्याउने तयारी गरिरहेको समाचारसँगै त्यसकै प्रभाव नेप्सेमा परेको छ।

Vigo
GBIME
Tata

नेप्से परिसूचक सोमबार १८.०७ अंकले उकालो लागेको छ। नेप्से २५६०.८४ अंकमा पुगेको छ। फाइनान्स र ट्रेडिङबाहेकका उपसमूहले नेप्से बढाएका हुन्। निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै २.०५ प्रतिशतले उकालो लागेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई पुनः गतिशील बनाउन अन्य चार वटा प्याकेजसँगै पुँजी बजार सुदृढीकरण तथा सेयर मार्केट सुधार योजना ल्याउने बताएपछि त्यसको प्रभाव नेप्सेमा परेको हो।

१९५ कम्पनीका लगानीकर्ताले कमाएका छन्। धेरै कमाउनेमा पियोर इनर्जीका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

७९ कम्पनीको सेयर मूल्य भने ओरालो लागेको छ। सिन्धु विकास बैंक जानकी पाइनान्स र इमर्जिङ नेपालको सेयरमा नेगेटिभ सर्किट लागेको छ।

बजारमा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।