BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्वायर गर्ने

२०८३ भदौ २२

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्वायर गर्ने
मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्वायर गर्ने

काठमाडौं। मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्वायर (प्राप्ति) गर्ने भएको छ।

Vigo
GBIME
Tata

यी तीन कम्पनीबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ। सम्झौतामा भदौ १९ गते हस्ताक्षर गरेको मुक्तिनाथ विकास बैंकले जनाएको छ।

एक्विजिसनको प्रारम्भिक सम्झौतासँगै तीन वटै कम्पनीले आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्र लेखेका छन्।