BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढी : एक हजार ३५१ शव फेला, तीन हजार ९९२ जना अझै बेपत्ता

२०८३ भदौ २२

भोटेकोशी बाढी : एक हजार ३५१ शव फेला, तीन हजार ९९२ जना अझै बेपत्ता
भोटेकोशी बाढी : एक हजार ३५१ शव फेला, तीन हजार ९९२ जना अझै बेपत्ता


काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार ३ सय ५१ जनाको शव फेला परेको छ।

Vigo
GBIME
Tata

सोमबार बिहान ५ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट शव भेटिएका हुन्।

रसुवामा १६९, नुवाकोटमा १९६ र धादिङमा ६९ वटा शव फेला परेको छ। त्यस्तै, चितवनमा ३६२, गोरखामा ७४ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ। फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

हालसम्म मृतकका १ हजार १८१ र आफन्तका १ हजार २३८ वटा डीएनए नमुना संकलन गरिएको छ। यसरी पहिचानका लागि कुल २ हजार ४१९ वटा डीएनए नमुना संकलन भएको छ।

फेला परेका शवमध्ये १ हजार ४४ वटा शव व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका १ हजार २९३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरिएको छ। प्रहरीले हालसम्म बेपत्ता ३ हजार ९९२ जनाको खोजी गरिरहेको जनाएको छ।

विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार १९० जनालाई राखिएको छ। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम पनि गरिरहेको छ।

विभिन्न निकाय र स्थानीयवासीको समन्वयमा उद्धार तथा खोजी जारी छ। बाढीका कारण अवरुद्ध भएका सडक खुलाउने कामसमेत प्रहरीले गरिरहेको जनाएको छ।