BIZMANDU
www.bizmandu.com

एनभीएलमा कर्णालीको लगातार दोश्रो जित, खप्तडलाई सोझो सेटमा हरायो

२०८३ भदौ २१

एनभीएलमा कर्णालीको लगातार दोश्रो जित, खप्तडलाई सोझो सेटमा हरायो
एनभीएलमा कर्णालीको लगातार दोश्रो जित, खप्तडलाई सोझो सेटमा हरायो


काठमाडौं। कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल)मा लगातार दोस्रो जित निकालेको छ। आज सम्पन्न खेलमा खप्तड फाल्कन्सलाई सोझो सेटमा हराउँदै कर्णालीले लय कायम राखेको हो। कर्णालीले खप्तडविरुद्धको तीनवटै सेट समान २५–१९ ले जित्यो।

Vigo
GBIME
Tata

यसअघि कर्णालीले आफ्नो पहिलो खेलमा कर्णालीले अन्नपूर्णलाई ३–१ को सेटमा हराएको थियो। कर्णाली लगातार दुई खेलमा सफल हुँदा खप्तड लगातार दोस्रो खेलमा पनि पराजित बन्यो। यसअघि खप्तड सगरमाथा स्म्यासर्ससँग पनि सोझो सेटमै पराजित भएको थियो।

प्रतिस्पर्धामा कर्णाली र खप्तडका खेलाडी। तस्बिर: शुसिल श्रेष्ठ/ बिजमाण्डू

प्रतियोगिताअन्तर्गत सोमबार मधेश वारियर्स र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीबीच खेल हुनेछ।

आजै सम्पन्न पहिलो खेलमा अन्नपुर्ण स्पाइकर्सले काठमाडौं रेड्सलाई पनि सोझो सेटमै हराएको थियो।

केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

प्रतिस्पर्धामा कर्णाली र खप्तडका खेलाडी। तस्बिर: शुसिल श्रेष्ठ/ बिजमाण्डू

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।