BIZMANDU
www.bizmandu.com

तातोपानी नाका हुँदै फर्किए केरुङमा फसेका ३१५ नेपाली, आइतबार आए १०५ जना

२०८३ भदौ २१

तातोपानी नाका हुँदै फर्किए केरुङमा फसेका ३१५ नेपाली, आइतबार आए १०५ जना
तातोपानी नाका हुँदै फर्किए केरुङमा फसेका ३१५ नेपाली, आइतबार आए १०५ जना


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि चीनको केरुङमा रोकिएका नेपाली नागरिक ३ दिनदेखि तातोपानी नाका हुँदै नेपाल फर्किरहेका छन्।

Vigo
GBIME
Tata

आइतबार थप १०५ जना नेपाली नेपाल फर्किएका छन्। अध्यागमन कार्यालय कोदारीका अनुसार उनीहरू तातोपानी नाकाबाट भित्रिएका हुन्।

बाढीपछि केरुङमा रोकिएका नेपाली नागरिक क्रमशः नेपाल फर्किन थालेका छन्।

शनिबार मात्रै ९६ जना नेपाली तातोपानी नाकाबाट नेपाल आएका थिए। शुक्रबार एक नाबालकसहित ११४ जना नेपाल प्रवेश गरेका थिए।

३ दिनमा गरी करिब ३२४ नेपाली नागरिक तातोपानी नाकाबाट नेपाल भित्रिएका छन्। उनीहरूलाई चिनियाँ पक्षले केरुङबाट खासासम्म ल्याइदिएपछि नेपाल प्रवेशको व्यवस्था गरिएको हो।

रसुवाका लोकल पास होल्डर पनि बाढीका कारण केरुङमै रोकिएका थिए।

त्यस्तै, व्यवसायी, कन्टेनर चालक र सहचालक पनि उतै अड्किएका थिए। तीर्थयात्राका लागि चीन पुगेका नेपाली नागरिकसमेत फर्किन सकेका थिएनन्।

भोटेकोशीमा आएको बाढीले नेपाल-चीन सीमावर्ती क्षेत्रमा आवतजावत प्रभावित भएको थियो।

बाढीपछि केरुङमा रोकिएका नेपालीलाई चिनियाँ पक्षले खासासम्म ल्याउन थालेको छ। त्यसपछि उनीहरू तातोपानी नाकाबाट नेपाल प्रवेश गरिरहेका छन्।