नुवाकोट । बाढीले सडक र पुल बगाएपछि त्रिशूली नदी वारपार गर्न स्थानीयले तुइनको सहारा लिन थालेका छन्।
गत भदौ १० गते आएको बाढीले विदुर नगरपालिका–१ र ९ जोड्ने सडक तथा पुलमा क्षति पुर्याएको थियो। जसकारण दुई क्षेत्रबीचको नियमित आवतजावत प्रभावित भएको थियो।

सडकमार्गबाट आवतजावत गर्न पनि अहिले कठिन छ। स्थानीयलाई दैनिक आवश्यक सामान, औषधि तथा राहत सामग्री ओसारपसारमा समेत समस्या हुँदै आएको छ।
त्यसैले आवतजावत सहज बनाउन त्रिशूली नदीमा तुइन जडान गरिएको हो। तुइन संचालनमा आएपछि जोखिम मोलेरै भए पनि स्थानीयलाई नदी वारपार गर्दै आएका छन्।









