BIZMANDU
www.bizmandu.com

म्याक्सस नेपालले विपद् प्रभावित समुदायलाई उपलब्ध गरायो ८० लाख बराबरको राहत सहयोग

२०८३ भदौ २०

म्याक्सस नेपालले विपद् प्रभावित समुदायलाई उपलब्ध गरायो ८० लाख बराबरको राहत सहयोग
म्याक्सस नेपालले विपद् प्रभावित समुदायलाई उपलब्ध गरायो ८० लाख बराबरको राहत सहयोग


काठमाडौं। म्याक्सस नेपालले हालैको विपद्‍बाट प्रभावित समुदायका लागि करिब ८० लाख रुपैयाँ बराबरको राहत सहयोग गरेको छ।

Vigo
GBIME
Tata

म्याक्सस नेपालले केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको थियो। बाँकी करिब ३० लाख रुपैयाँ बराबरको सहयोग त्रिशूली नदीपारिका विपद् प्रभावित समुदायलाई प्रत्यक्ष रूपमा उपलब्ध गराइएको छ।

सहयोगअन्तर्गत नुवाकोटका दुई अस्थायी आश्रयस्थलमा अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ। साथै, करिब ४०० जनालाई पुग्ने अत्यावश्यक राहत सामग्रीसमेत वितरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नुवाकोटको त्रिशूलीस्थित भैरम माध्यमिक विद्यालयमा सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ। उक्त विद्यालयमा हाल करिब ३०० परिवार अस्थायी रूपमा आश्रय लिइरहेका छन्।

त्यस्तै, विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा अर्को पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ। त्यहाँ हाल करिब २०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन्।

कम्पनीका अनुसार प्रत्येक प्रणालीले प्रति घण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्छ। यसबाट आश्रयस्थलमा रहेका परिवारले सुरक्षित खानेपानी पाउनेछन् भने विद्यालय सञ्चालनपछि विद्यार्थीसमेत लाभान्वित हुनेछन्।

कम्पनीले डसना, सिरानी र तन्नासहित औषधि तथा आधारभूत स्वास्थ्य सामग्री वितरण गरेको छ। खाद्यान्न, तरकारी, खाना पकाउने सामग्री, भाँडाकुँडा तथा महिला, पुरुष र बालबालिकाका कपडासमेत वितरण गरिएको छ।

राहत वितरण र पानी शुद्धीकरण प्रणाली जडानमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र प्रबन्ध निर्देशक मिलन थापासहित कर्मचारी सहभागी थिए। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापा लगायत पदाधिकारीको पनि प्रत्यक्ष सहभागिता थियो।