BIZMANDU
www.bizmandu.com

बाढीले बगाएको देविघाटस्थित तादी खोलाको पुलको बेसमा सेनाले जडान गर्‍यो बेलीब्रिज

२०८३ भदौ २०

बाढीले बगाएको देविघाटस्थित तादी खोलाको पुलको बेसमा सेनाले जडान गर्‍यो बेलीब्रिज
बाढीले बगाएको देविघाटस्थित तादी खोलाको पुलको बेसमा सेनाले जडान गर्‍यो बेलीब्रिज


काठमाडौं। रसुवाको विनाशकारी बाढीले बगाएको देविघाटस्थित तादी खोलाको पुल रहेको स्थानमा बेलीब्रिज जडान गरिएको छ। सडक विभागले तयार गरेको डिजाइनअनुसार नेपाली सेनाको बेलीब्रिज प्रयोग गरी पुल निर्माण गरिएको हो।

Vigo
GBIME
Tata

२०८३ भदौ १० गते आएको बाढीले गल्छी-बेत्रावती-रसुवागढी सडकअन्तर्गत गल्छी-विदुर खण्डको देविघाटमा रहेको ५५ मिटर लामो पुलको सुपरस्टक्चर बगाएको थियो। पुल बगाएपछि गल्छी-विदुर सडक खण्डको आवागमन प्रभावित भएको थियो।

बाढीपछि सडक विभागले घटनास्थलको स्थलगत नापजाँच गरी पुल निर्माणको डिजाइन तयार गरेको थियो। विभागसँग उपलब्ध बेलीब्रिजको लम्बाइ पर्याप्त नभएपछि नेपाली सेनासँग रहेको बेलीब्रिज प्रयोग गरिएको हो।

सडक विभागको यान्त्रिक महाशाखाले नेपाली सेनासँग रहेको बेलीब्रिज घटनास्थलसम्म ढुवानी गरेको थियो।

बेलीब्रिज जडानपछि गल्छी-बिदुर सडक खण्ड सञ्चालनमा सहयोग पुग्नेछ। यसबाट बाढीका कारण प्रभावित यातायात सेवा पुनः सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।