BIZMANDU
www.bizmandu.com

भोटेकोसी बाढीमा अझै ४ हजार ८ सय ९८ जना बेपत्ता, खोजी र उद्धार जारी

२०८३ भदौ २०

भोटेकोसी बाढीमा अझै ४ हजार ८ सय ९८ जना बेपत्ता, खोजी र उद्धार जारी
भोटेकोसी बाढीमा अझै ४ हजार ८ सय ९८ जना बेपत्ता, खोजी र उद्धार जारी


काठमाडौं। रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहँदा अझै ४ हजार ८ सय ९८ जना बेपत्ताको सूचीमा छन्। नेपाल प्रहरीका अनुसार बेपत्ता हुनेमा ६९८ जना विदेशी छन्।

Vigo
GBIME
Tata

बेपत्तामध्ये १ हजार ३ सय ५० जनाको विवरण प्रहरीले फोनमार्फत पाएको हो। विनाशकारी बाडीमा परी दिवंगत हालसम्म १,३४४ जनाको शव फेला परेको छ।

जसमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ जनाको आंशिक अंग रहेको प्रहरीले शनिबार बिहान प्रकाशित गरेको विवरणमा छ। फेला परेकामध्ये १ हजार ३० शवको व्यवस्थापन तथा अन्तिम संस्कार भइसकेको छ।

घाइते तथा उद्धार गरिएकाहरूको सङ्ख्या ८ हजार ६ सय ३१ पुगेको छ। होल्डिङ सेन्टरमा ३ हजार ६ सय ५५ जनालाई राखिएको छ। प्रहरीले पहिचान नभएका १,२७० वटा विवरण आफ्नो वेबसाइटमा अपलोड गरेको छ।

शव र आफन्तको पहिचानका लागि १ हजार २ सय ६० मृतक र ९ सय ७२ मृतकका आफन्त गरी कुल २ हजार २ सय ३२ जनाको डीएनएका नमुना संकलन गरिएको छ। उद्धार कार्यका लागि ७ हजार ५ सय १२ जना प्रहरी जनशक्ति परिचालित छन्। बाढीबाट प्रभावित प्रहरी ६५ जना छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।