काठमाडौं। सोल्टी होटलले बाढी प्रभावतिहरुको राहत र पुनर्स्थापनाका लागि सरकारलाई १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
होटलले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
होटल सञ्चालक समितिका अध्यक्ष दिनेशबहादुर विष्ट र उपाध्यक्ष सुदर्शन चापागाइँले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।