काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रविन सिजापति नियुक्त्त भएका छन्।
संचालक समितिको बैठकले ४ वर्षको लागि उनलाई नियुक्त्त गरेको हो। सिजापति चार्टर्ड एकाउन्टेन्ट हुन्।
उनी यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए।
तत्कालिन सीइओ सुयोग श्रेष्ठको दोस्रो कार्यकाल सकिएपछि बैंकको नेतृत्व सिजापतिले पाएका हुन्।