BIZMANDU
www.bizmandu.com

एनएसीमा निमित्त महाप्रबन्धकको जिम्मेवारी जनक कालाखेतीलाई, आर्थिक र प्रशासनिक अधिकार

२०८३ भदौ १९

एनएसीमा निमित्त महाप्रबन्धकको जिम्मेवारी जनक कालाखेतीलाई, आर्थिक र प्रशासनिक अधिकार
एनएसीमा निमित्त महाप्रबन्धकको जिम्मेवारी जनक कालाखेतीलाई, आर्थिक र प्रशासनिक अधिकार

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (एनएसी)मा निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिएको छ।

Vigo
GBIME
Tata

कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको दुई सातापछि मन्त्रालयले नायब महाप्रबन्धक कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो।

मन्त्रिपरिषद्‍ले महाप्रबन्धकको समेत काम गर्ने गरी ७८ वर्षीय महेश्वरभक्तलाई असार ३० गते एनएसीको कार्यकारी अध्यक्ष नियुक्त गरेकामा त्यसको भोलिपल्ट एनएसीकै सञ्चालक समिति सदस्य उपेन्द्र कार्कीले दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले भदौ ४ गते महेश्वरभक्तको नियुक्ति बदर गरेको थियो।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले कालाखेतीलाई आर्थिक र प्रशासनिक अधिकार प्रयोग गर्ने गरी बिहीबार निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएका हुन्।