BIZMANDU
www.bizmandu.com

ब्याटिङ नचल्दा साउथ अस्ट्रेलियासँग नेपाल ‘ए’ पराजित, अर्को खेल न्युजिल्याण्ड ‘ए’सँग

२०८३ भदौ १९

ब्याटिङ नचल्दा साउथ अस्ट्रेलियासँग नेपाल ‘ए’ पराजित, अर्को खेल न्युजिल्याण्ड ‘ए’सँग
ब्याटिङ नचल्दा साउथ अस्ट्रेलियासँग नेपाल ‘ए’ पराजित, अर्को खेल न्युजिल्याण्ड ‘ए’सँग


काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोली साउथ अस्ट्रेलियासँग पराजित भएको छ। अस्ट्रेलियामा टप एण्ड क्रिकेटबाट बाहिरिएपछि अन्य टोलीहरूसँग नेपाल ‘ए’ले सिरिज खेल्दै आएको छ।

Vigo
GBIME
Tata

यसअन्तर्गत आज सम्पन्न खेलमा नेपाल साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको साउथ अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन बनाएको थियो। उसका लागि डौटजी हुगेनबोएजेम १११ रनको शतकीय इनिङ्स् खेल्दा लक्लान ब्यांग्सले ४२ रन बनाए।

बलिङमा नेपालका राशिद खानले २ विकेट लिँदा रिजन ढकाल, पवन सर्राफ, लोकेश बम र नारायण जोशीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले निरीह ब्याटिङ गर्‍यो। नेपालका राशिद खानले ३७ रन बनाउँदा मयन यादवले २० तथा दीपक डुम्रेले १८ रनको योगदान दिए।

बलिङमा स्पेन्सर जोन्सनले ३ विकेट लिए सीजे थोम्पसन र हेडन इसाक शिलरले समान २ विकेट लिए।

नेपालले पहिलो खेलमा तास्मानियालाई २ विकेटले हराएको थियो। अब अर्को खेलमा न्युजिल्याण्ड ‘ए’सँग आइतबार खेल्नेछ।