BIZMANDU
www.bizmandu.com

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानेज र बालेन बीच आज टेलिफोन संवाद, विपदमा सहयोगबारे चर्चा

२०८३ भदौ १९

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानेज र बालेन बीच आज टेलिफोन संवाद, विपदमा सहयोगबारे चर्चा
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानेज र बालेन बीच आज टेलिफोन संवाद, विपदमा सहयोगबारे चर्चा


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ।

Vigo
GBIME
Tata

आज बिहान भएको उक्त टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकहरुले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरेका थिए।

साथै, उनले नेपालको यो विपदमा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गरेका थिए। अष्ट्रेलियाले विशेषज्ञसहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकामा तथा आर्थिक सहयोग गरेकामा आभार व्यक्त गरेका थिए।

शाहले नेपालमा बाढीका कारण बेपत्ता हुनुभएका अष्ट्रेलियाली नागरिकहरुको पनि खोजीकार्य तीव्र पारिरहेको बताएका थिए। उनले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनामा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताएका थिए।

संवादका क्रममा अष्ट्रेलियाका प्रधामन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गरेका थिए।