BIZMANDU
www.bizmandu.com

सुनको मूल्य आज तोलामा २ हजार ५ सयले वृद्धि, चाँदी पनि ४० रुपैयाँ महँगियो

२०८३ भदौ १९

सुनको मूल्य आज तोलामा २ हजार ५ सयले वृद्धि, चाँदी पनि ४० रुपैयाँ महँगियो
सुनको मूल्य आज तोलामा २ हजार ५ सयले वृद्धि, चाँदी पनि ४० रुपैयाँ महँगियो


काठमाडौं। लगातार घट्न थालेको सुनको मूल्य दुई दिनदेखि उकालो लागेको छ। शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।

Vigo
GBIME
Tata

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेर प्रति तोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो।

चाँदीको मूल्य शुक्रबार तोलामा ४० रुपैयाँ बढेर प्रति तोला ४ हजार ७६५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी तोलामा १४५ रुपैयाँ बढेर प्रति तोला ४ हजार ७२५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४४७०.५२ डलर छ। चाँदी प्रति औंस ६६.७५ डलर भएको छ। बिहीबार सुन प्रति ‍औंस ४४३१.७७ डलर र चाँदी प्रति औंस ६५.९ डलर थियो।