BIZMANDU
www.bizmandu.com

त्रिशुलीबाट उद्धार गरिएका दुवैलाई एयरलिफ्ट गरेर ल्याइयो छाउनी, महर्जन आइसीयूमा

२०८३ भदौ १९

त्रिशुलीबाट उद्धार गरिएका दुवैलाई एयरलिफ्ट गरेर ल्याइयो  छाउनी, महर्जन आइसीयूमा
त्रिशुलीबाट उद्धार गरिएका दुवैलाई एयरलिफ्ट गरेर ल्याइयो छाउनी, महर्जन आइसीयूमा

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था गम्भीर रहेको छ।

Vigo
GBIME
Tata

​शुक्रबार बिहान उद्धार गरिएका कबिर महर्जनको अवस्था जटिल रहेको बताइएको छ। उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइ छाउनीस्थित ‍वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरेर सघन उपचार जारी राखिएको छ।

​यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको बताइन्छ।

स्वास्थ्य अवस्था स्थिर देखिए पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइएको छ।

​नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरुको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो।

आयोजनाभित्र मानिसहरु फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो।