BIZMANDU
www.bizmandu.com

साल्ट ट्रेडिङले प्रधानमन्त्री राहत कोषमा गर्‍यो ६० लाख रुपैयाँ सहयोग

२०८३ भदौ १९

साल्ट ट्रेडिङले प्रधानमन्त्री राहत कोषमा गर्‍यो ६० लाख रुपैयाँ सहयोग
साल्ट ट्रेडिङले प्रधानमन्त्री राहत कोषमा गर्‍यो ६० लाख रुपैयाँ सहयोग


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिएकी हुन्।

कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ।

साथै, विपद्को यस घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।