काठमाडौं । बाढीग्रस्त त्रिशुली ३ ए जलविद्युत आयोजनाबाट दुईजनाको उद्धार भएको छ।
आज बिहान उद्धारटोलीले भित्र फसेकाहरुको आवाज सुनेका थिए। केही समय अघि सञ्जय साहको सकुशल उद्धार भएको थियो। भर्खरै कबिर महर्जनको पनि उद्धार भएको जनाइएको छ।
सुरुङमा फसेका अरुहरुको पनि उद्धार कार्य जारी रहेको सुरुङस्थलमा रहेका सांसद श्रीराम न्यौपानेले जनाएका छन्।